बिहीबार ४ कम्पनीको शेयरमुल्य सकरात्मक सर्किट लेभमा, कुनको कति ?

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको अन्तिम दिन ओरियण्टल होटल,गुडवील फाइनान्स,ग्रीन डेभलपमेण्ट बैंक र सिन्धु विकास बैंकको शेयर मूल्य सर्किट लेबलमा वृद्धि भएको हो । 

ती चार ओटा कम्पनीहरुमध्ये सबैभन्दा बढी अ‍ोरियण्टल होटलको शेयरमूल्य ९.९७ प्रतिशतले वृद्धि भएको छ । शेयर मूल्य प्रतिकित्ता रू.६७३ पुगेको हो । 

त्यसैगरी गुडवील फाइनान्सको शेयरमूल्य ९.३३ प्रतिशत,ग्रीन डेभलपमेण्टको ९.३२ प्रतिशत र सिन्धु विकास बैंकको शेयरमूल्य ९.१४ प्रतिशतले वृद्धि भएको हो । 

गुडवील फाइनान्सको शेयरमूल्य प्रतिकित्ता रू.६२१,ग्रीन डेभलपमेण्ट बैंकको रू. ३४० र सिन्धु विकास बैंकको शेयरमूल्य रू. ३७० पुगेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया