काठमाडौं, विपक्षी पाँच दलको गठबन्धननिकट विद्यार्थी संगठनहरुले राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । राष्ट्रपति र प्रधानमन्त्री मिलेर प्रतिनिधिसभा विघटन गर्ने प्रतिगामी कदम चालेको भन्दै विद्यार्थी संगठनहरु यतिबेला सडक प्रदर्शनमा उत्रिएका छन् ।
आन्दोलनको कार्यक्रमअनुरुप उनीहरुले देशभर राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्नुका साथै विरोध प्रदर्शन गरिरहेका छन् ।
प्रतिक्रिया