काठमाडौं - सामसङ नेपाली बजारमा आफ्ना तीन नयाँ उत्पादन सार्वजनिक गर्ने भएको छ ।
सामसङका अनुसार सस्तो मूल्यमा राम्रो फिचरको अनुभवको लागि तयार भएको सामसङ ग्यालेक्सी एम३२, ए२२ स्मार्टफोन र ग्यालेक्सी ट्याब ए७ लाइट नेपाली बजारमा एक साताभित्र सार्वजनिक हुन लागेको हो ।
ग्यालेक्सी एम ३२
३० हजारभन्दा कम मूल्यमा सार्वजनिक हुन लागेको ग्यालेक्सी एम ३२ प्रयोगकर्ताका लागि निकै उपयोगी हुने उनको दाबी छ । एन्ड्रोइड ११ मा चल्ने यस फोनमा ९० हर्जको रिफ्रेस रेटसहिट ६।४ इन्चको फुल एचडी रेजुलोसनको एमोलेड डिस्प्ले रहेको छ ।
यो फोन निलो, कालो र हरियो रंगमा उपलब्ध हुने छ । एन्ड्रोइडको ११ जेनेरेसन भएको यो फोनलाई दुई जेनेरेसनसम्म अपग्रेड गर्न मिल्नेछ ।
ग्यालेक्सी ए २२
सामसङले ए सिरिजको अर्को मोबाइल ग्यालेक्सी ए २२ पनि बजारमा ल्याउँदैछ । ५ हजार एमएएच ब्यट्री पावर भएको यो फोन पनि ६ जीबी र्याम तथा १२८ जीबी स्टोरेज र ४ जीबी र्याम तथा ६४ जीबी स्टोरेज सहितको दुई भेरियन्टमा उपलब्ध हुनेछ ।
डुअल सिम सपोर्ट रहेको फोनमा माइक्रो एसडी कार्ड १ टेरबाइट सम्म विस्तार गर्न मिल्छ ।
ट्याब ए७ लाइट
अर्को नयाँ प्रडक्ट ग्यालेक्सी ट्याब ए७ लाइट पनि नेपाली बजारमा ल्याउँदैछ । विशेषगरी विद्यार्थीका लागि उपयोगी हुने भनिएको यो ट्याबको मूल्य २०,००० देखि सुरु हुने जनाइएको छ ।
यो ट्याब्लेट ३ जीबी र्याम तथा ३२ जीबी स्टोरेज र ४ जीबी र्याम तथा ६४ जीबी स्टोरेजको भेरयन्ट सहिट उपलब्ध हुनेछ ।
प्रतिक्रिया