फिफा विश्वकपको लागि एशियाली टिमहरुको अन्तिम ड्र टुंगो लागेको छ । २०२२ माकतारमा हुने विश्वकपका लागी अन्तिम चरणमा पुगेका १२ देशलाई २ समूहमा विभाजन गरेर अन्तिम ड्र सार्वजनिक गरिएको हो ।
हरेक समुहमा रहेका टिमले एक अर्कासंग राउण्ड रोबिन आधारमा खेल खेल्छन् । सबैले एक अर्कासँग खेलेपछि हरेक समुहमा रहने शिर्ष २ टोलीले कतारमा हुने विश्वकपमा सहभागिता जनाउन पाउने छ । खेलहरु आगामी सेप्टेम्बर २ र ७, अक्टोबर ७ र १२, नोभेम्बर ११ र १६ , जनवरी २७, फेब्रुअरी र , मार्च २४ र १९ तारिखमा हुने छ ।
समुहमा तेस्रो रहने टोली इन्टर कन्टिनेन्टल कपको छनौटको लागि छनौट हुने छ । तेस्रो हुने २ टिम एक आपसमा खेलेपछि त्यस खेलको बिजेता इन्टर कन्टिनेन्टल कपमा पुग्ने छ । इन्टर कन्टिनेन्टल कपमा ४ टिमले प्रतिस्पर्धा गर्ने छन् । ४ मधे उत्कृष्ट २ टिमले विश्वकप खेल्न पाउने छ ।
समुह ए ; इरान, कोरिया रिपब्लिक, युएई, इराक, सिरिया र लेबनान
समुह बि ; जापान ,अष्ट्रेलिया, साउदी अरेबिया, चीन, ओमान र भियतनाम
कतार यस अघि नै प्रतियोगीताको लागि छनौट भईसकेको छ ।
प्रतिक्रिया