५ हजार कम्लरीले पाए सरकारी परिचयपत्र

५ बर्ष अगाडि

सरकारले पूर्वकम्लरीलाई केही समय पहिले परिचयपत्र वितरण गरेको थियो । अहिले भने यो कार्य रोकिएको छ । अहिलेसम्म दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका चार हजार ९३४ जनाले सरकारी परिचयपत्र पाएका छन् । अब परिचयपत्र पाउन बाँकी सात हजार ८३५ रहेका छन् । यी पाँच जिल्लाका १२ हजार ७६९ कम्लरी मुक्त भएका थिए । अहिले १६६ जना छात्रावासमा रहेर अध्ययन गरिरहेका छन् भने एक हजार २७४ जना विद्यालय तथा क्याम्पसमा अध्ययन गरिरहेका छन् ।

अहिले सरकारले कक्षा १ देखि ८ सम्मका अध्ययनरत् पूर्वकम्लरीका लागि वार्षिक रु एक हजार ५०० छात्रवृत्तिको व्यवस्था गरेको छ तर यो रकम न्यून रहेको भन्दै यसलाई बढाएर रु पाँच हजार बनाउनुपर्ने  आवाज उठेको छ । त्यस्तै कक्षा ९–१० का लागि वर्षिक रु एक हजार ८०० रहेकामा रु १० हजार बनाउनुपर्ने, कक्षा ११ र १२ मा वार्षिक रु पाँच हजार रहेकामा बढाएर रु १३ हजार बनाउनुपर्ने, स्नातक तहमा वार्षिक रु १० हजार रहेकामा बढाएर रु २० हजार बनाउनुपर्ने र स्नातोकोत्तर तहमा अहिले छात्रवृत्ति नरहेको भन्दै वार्षिक रु २५ हजार व्यवस्थापन गर्नुपर्ने आवाज उठेको छ । त्यस्तै छात्रवासमा रहेकाहरुलाई अहिले वार्षिक रु चार हजार दिने गरिएकामा वार्षिक रु १० हजार बनाउनुपर्ने थारू अगुवाहरुले बताएका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया