नेपाल एयरलाइन्स ६४ औँ वर्षमा प्रवेश, प्रधानमन्त्रीद्वारा शुभेच्छा प्रकट

५ बर्ष अगाडि

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले आफ्नो अनवरत सेवाको ६३ औं वर्ष पुरा गरी स्थापनाको ६४ औँ वर्षमा प्रवेश गरेको छ । विसं २०१५ असार १७ (सन् १९५८ जुलाई १) मा स्थापना भएको निगमले विभिन्न आरोह अवरोहलाई चिर्दै सीमित स्रोत साधनका बीच राष्ट्रिय पहिचान प्रबद्र्धनमा उल्लेखनीय भूमिका निर्बाह गरेको छ ।

देशलाई आइपरेका विभिन्न विपत्तिमा उडान सारथी बनेर होस् या भूकम्प र नाकाबन्दीका बेला पु¥याएको गोगदान स्मरणीय छ । निगमले अहिलेको कोभिड–१९ महामारीका सन्दर्भमा पनि मेडिकल चार्टर्ड उडान, उद्धार उडानलगायतका सेवालाई निरन्तरता दिएको छ ।

निगम स्थापना दिवका अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्रोत, साधन र जनशक्तिको अधिकतम उपयोग गरी आफूले पु¥याउनुपर्ने सेवा प्रदान गरी राष्ट्रिय पहिचान अभिवृद्धि गर्न निगमले उल्लेखनिय भूमिका निर्बाह गरेको बताएका छन् । साथै उनले निगमले आफ्नो कार्य सम्पादन र सेवा प्रवाहलाई परम्परागत ढाँचामा सीमित नराखी नयाँ–नयाँ अवधारणासहित भूमिकालाई थप व्यापक बनाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन् । 

प्रधानमन्त्री ओलीले कोभिड–१९ महामारीमा पनि निगमले निर्बाह गरेको सक्रियता र सराहनिय कामलाई भविष्यमा पनि निरन्तरता दिई आफ्नो सेवालाई विश्वसनिय एवम् पारदर्शी बनाई राष्ट्रिय आकांक्षा पुरा गर्न निगम सफल बनोस् भनी शुभेच्छा प्रकट गरेका छन् ।

यस्तै पर्यटनमन्त्री लिलानाथ श्रेष्ठ, पर्यटन सचिव यादवप्रसाद कोइरालाले पनि शुभकामना सन्देश दिँदै निगमको सेवालाई थप विश्वसनीय र प्रभावकारी बनाउन लाग्नुपर्नेमा जोड दिएका छन् । 

निगमका महाप्रवन्धक डिमप्रकाश पौडेलले निगमलाई व्यवसायिक, पारदर्शी र प्रविधिको उच्चतम उपयोग गर्दै निगमको गौरवशाली साख जोगाउनेतर्फ केन्द्रित भएको उल्लेख गरेका छन् । उनले निगमले हवाई बजारमा आफ्नो उपस्थिति दरिलो बनाउने गरी रणनीतिक कार्ययोजना (एकीकृत व्यवसायिक योजना, २०२१÷२०३०तर्जुमा गरी कार्यान्वयन गर्ने तहमा पुगिसकेको अवस्थामा कोभिड महामारीलाई मात्रै व्यवयासिक उपलब्धिको बाधक बनाइनु हुदैन भन्नेमा आफूहरु प्रतिबद्धताका साथ लागि परेको बताए । निगमसँग हाल भारतका तीनसहित नौ गन्तव्यमा अन्तर्राष्ट्रिय उडानका लागि दुई वाइड बडी र दुई न्यारो बडी जहाज छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया