लियोन हराउँदै अभिमन्यु बने विश्वकै सबैभन्दा कम उमेरमा चेसका ग्रान्डमास्टर

४ बर्ष अगाडि

काठमाडौं, अमेरिकी चेस खेलाडी अभिमन्यु मिश्रा विश्वकै सबैभन्दा कम उमेरमा ग्रान्डमास्ट बनेका छन् । न्यु जसीा बस्ने भारतीय आमा–बाबुका सन्तान अभिमन्यु १२ वर्ष ४ महिना २५ दिनका दिन ग्रान्डमास्टर बने । 

बुधबार बुडापेस्टरमा भारतीय ग्रान्डमास्टर लियोनलाई हराउँदै २६ सय रेटिङ अंक हासिल गरेर उनले यो उपलब्धि अभिमन्युले आफ्नो नाममा लेखाएका हुन् । 

यसअघि यो किर्तिमान रुसका सर्गेई कर्जाकिनको नाममा थियो । सन् २००२ मा १२ वर्ष ७ महिनाको छँदा उनी ग्रान्डमास्टर बनेका थिए ।

यसअघि नोभेम्बर २०१९ मा अभिमन्युले  १० वर्ष ९ महिना ३ दिनका दिन विश्वकै कान्छो इन्टरनेशनल मास्टर बन्ने किर्तिमान बनाएका थिए ।
 
अभिमन्युका पिता न्यु जर्सीमा एक सफ्टवेयर इन्जिनियर हुन् । छोारलाई कर्जाकिनको रेकर्ड तोड्नका लागि उनले नै हौसला दिएका हुन् । ‘मलाई थाहा थियो कि यो प्रतियोगिता हाम्रा लागि एक ठूलो मौका हो । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया