बाढीले गोरखाको पालुङटारका ४ घर बगाएको छ। अबिरल बर्षापछि आएको चुक्तीखोलाको बाढीले सेराबजारभन्दा केही तल रहेको बिमल थापा, सेराबजारभन्दा केही माथिका हरि सेढाइँ र मानबहादुर लामाको घर बगाएको स्थानीयय ले जानकारी दिएका छन्।
रातको समयमा घर बगाए पनि मानिस भने भागेर सुरक्षितस्थलतर्फ गएकाले मानवीय क्षति नभएको स्थानीय चक्रबहादुर लामाले जानकारी दिए।
खारखोलामा आएको बाढीमा बिर्दी बजारका एक परिवार स्थानीय फसेका छन्। बाढीले घर घेरेपछि स्थानीय झलक अधिकारीको परिबार बिहीबार बिहानैदेखि बाढीको बीचमा फसेका र उनीहरुको उद्धार गरिएको छ।
बाढीले छाब्दीखोला पुल बगायो
अविरल वर्षासँगै आएको बाढीले व्यास–१ र १३ जोड्ने छाब्दीखोलाको पुल बगाएको छ । बुद्धसिं मार्गअन्तरगत बेलबासनजिक रहेको पुल आज बिहान बाढीले बगाएको हो ।
मङ्गलबारदेखि जिल्लामा निरन्तर वर्षा भइरहेको छ । पुल बगाएसँगै स्थानीयवासीलाई वारपार गर्न समस्या भएको स्थानीयवासी अमर भण्डारीले जानकारी दिए ।
प्रतिक्रिया