नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण स्थगित भएको छ। आज देखि हुने भनिएको बन्द प्रशिक्षण प्राविधिक कारण बन्द प्रशिक्षण स्थगित गरिएको हो।
बन्द प्रशिक्षण आगामी जुलाई ७ तारिखदेखि सुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एनफा)ले जनाएको छ।
बन्द प्रशिक्षणका लागि ५० जना खेलाडीहरुलाई डाकिएको छ। प्रशिक्षण सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा २ सिफ्ट गरेर संचालन गरिने छ।
बन्द प्रशिक्षणमा किरण कुमार लिम्बु, अर्पण कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, विशाल सुनार, अनन्त तामाङ, अन्जन विष्ट, भरत खवास, नवयुग श्रेष्ठ, निरज बस्नेत, निशान खड्का, सुनिल बल,सुरज ज्यु ठकुरी, तेज तामाङ, त्रिदेभ गुरुङ, एरिक विष्ट, दीप कार्की, आशिष लामा, अभिषेक रिजाल, अमित तामाङ, आयुष घलान, विवेक बस्नेत, विशाल राई, दर्शन गुरुङ, दिनेश राजवंशी, डोना थापा,गौरव बुढाथोकी, गौतम श्रेष्ठ, जर्ज प्रिन्स कार्की, कमल थापा, प्रकाश बुढाथोकी, प्रिजेन तामाङ, पुजन उपरकोटी, राजन गुरुङ, रजिन धिमाल, राजिब लोप्चन, रन्दिप पौडेल,रवी पासवान, रोहित चन्द, सन्जोग राई, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्बे, शिशिर लेखि, सुदिल राई, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, मनिष डाँगी, मिक्छेन तामाङ, नितिन थापा परेका छन् ।
प्रतिक्रिया