७ हजार ५ सय ४ दिनपछि पहिलोपटक बार्सिलोनाबाट स्वतन्त्र भए मेस्सी, फेरी होला सम्झौता ?

४ बर्ष अगाडि

एजेन्सी - विश्वको सर्वोत्कृष्ट खेलाडी मध्येका एक बार्सिलोनाका स्टार खेलाडी सम्झौताबाट मुक्त भएका छन् । 

मेसी अब बार्सिलोनाका खेलाडी रहेनन् । आफ्नो पहिलो व्यवसाहिक सम्झौता गरेको ७ हजार ५ सय ४ दिनपछि यो पहिलोपटक हो । 

जुलाई महिना सुरु भएसँगै मेसी क्लबविहिन बनेका हुन् । उनी चाहेको क्लबमा जानसक्छन् । बार्सिलोनाका नयाँ अध्यक्ष जोआन लापोर्टाले मेसीसँगको पुरानो सम्भौता सकिनु अगावै उनीसँग नयाँ सम्झौता गर्ने योजना बनाएका थिए ।  

तर, क्लबको आर्थिक समस्याका कारण ३० जुन अगावै सम्झौता गर्ने योजना सफल भएन । यसको अर्थ मेसीले क्लब नै छाड्दैछन् भन्ने पनि होइन । किनकी, क्लबका अधिकारी तथा प्रशंसकहरुलाई मेसीले नयाँ सम्झौतामा हस्ताक्षर गर्छन् भन्ने नै लागेको छ ।

मेसीले केही दिनभित्रै नयाँ सम्झौत गर्ने अनुमान गरिएपनि केही पक्का भने भइसकेको छैन । मेसी अहिले कोपा अमेरिका फुटबल प्रतियोगिता खेल्नका लागि अर्जेन्टिनाको टोलीमा छन् ।
 
बार्सिलोनाका अध्यक्ष लापोर्टाले फ्यानहरुलाई शान्त रहन भनेका छन् । उनी चाडोंभन्दा चाडों मेसीसँग सम्झौता गर्न चाहन्छन् । 
उनमा इंग्लिस क्लब म्यानचेस्टर सिटी तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ९पिएसजी० सहितको चासो पनि छ । 

अब उनलाई भित्र्याउन चाहने क्लबले बार्सिलोनालाई कुनै पनि रकम तिर्नु पर्ने छैन ।

४ बर्ष अगाडि

प्रतिक्रिया