आजबाट सुरु भयो आन्तरिक हवाइ उडान, दैनिक ६४ उडान

४ बर्ष अगाडि

काठमाडौं - कोरोनाका कारण दुई महीनादेखि बन्द रहेको आन्तरिक हवाइ उडान आज बिहानबाट सञ्चानलमा आएको छ  ।

नागरिक उड्डयन प्राधिरकणले आज बिहानबाट आन्तरिक उडान शुरू भएको जनाएको छ । प्राधिकरणका अनुसार आजबाट देशका बिभिन्न शहरमा दैनिक ६४ उडान हुनेछ ।

प्राधिरकणले बिहान ६ देखि बेलुकी ६ बजेसम्म उडान तालिका सार्वजनिक गरेको छ । तत्कालका लागि दैनिक ६४ उडान तय भएको प्राधिकरणले जनाएको छ ।

अहिले बुद्ध एयरले ३१, यती एयरले १५, श्री एयअरले सात, सौर्य एयअरले तीन, नेपाल एयरले दुई, तारा एयअरले दुई, समिट एयअरले दुई र सीता एयरले दुई उडान गर्नेछन् ।

अहिले सबै एयरलाइन्सले ५० प्रतिशतमा नबढ्ने गरी आन्तरिक हवाई उडान सञ्चालन गर्न लागेको प्राधिकरणले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया