अब सातामा २१ अन्तर्राष्ट्रिय हवाइ उडान, आजबाट लागु

४ बर्ष अगाडि

काठमाडौं - अब सातामा २१ अन्तर्राष्ट्रिय हवाइ उडान हुने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले २०२१ जुलाई महिनाका लागि अन्तर्राष्ट्रिय नियमित उडानको तालिका सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो । 

प्राधिकरणले उक्त तालिका मन्त्रिपरिषद्ले दिएको स्वीकृतिका आधारमा तय गरिएको हो । जुलाई १ (आज)बाट लागू हुने उडान तालिकाअनुसार बुधबार र शुक्रबार भारतको दिल्लीका लागि उडान हुनेछ । 

त्यसैगरी आइतबार, सोमबार, बुधबार र शनिबार कतारको दोहाका लागि उडान हुनेछ । त्यसमा नेपाल वायुसेवा निगमले दुईवटा र कतार एअरवेजले दुईवटा उडान भर्ने जनाइएको छ । 

संयुक्त अरब इमिरिटेसको दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीनवटा र सारजाह विमानस्थलमा एउटा उडान हुने प्राधिकरणले जानकारी दिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया