जोखिमयुक्त मोटरेबल पुल जोगाउन प्राविधिक टोली आउँदै

५ बर्ष अगाडि

मनाङ , सदरमुकाम चामे बजार जोड्ने जोखिमयुक्त मोटरेबल पुल जोगाउन काठमाडौँबाट प्राविधिक टोली आउँदैछ । बाढीपहिरोका कारण ड्याम बनेर बसेको मस्र्याङ्दी नदी खुलाउन र मोटरेबल पुल जोगाउन काठमाडौँबाट प्राविधिक टोली यहाँ आउँदै गरेको प्रजिअ लामिछानेले बताए । 

प्रजिअ लामिछानेका अनुसार चामे गाउँपालिका वडा नं ४ र ५ जोड्ने जोखिमयुक्त मोटरेबल पुलमा मस्र्याङ्दीले बगाएर ल्याएको काठ,बालुवा र ढुङ्गा निकाल्ने क्रममा गत आइतबार स्काभेटरसहित अपरेटर फसेका थिए । 
    
नदीमा बाढी बढ्दै गएकाले चामेबजार उच्च जोखिममा परेको छ । प्रजिअ लामिछानेका अनुसार नदीको बहाव बढ्दै गएको र यसले चामेबजार थप जोखिममा परेको छ । उनले नेपाली सेनामार्फत बम विस्फोट गराई मस्र्याङ्दी खुलाउने भनिएकामा पानी निरन्तर परिरहेकाले समस्या भएको बताए ।

सुरक्षाका सबै निकायसँग समन्वय गरी अहिले खुलाउने प्रयास भइरहेको उनले जानकारी दिए । लगातारको वर्षाले पानीको बहाव बढेकाले जोखिम उच्च रहेको प्रजिअ लामिछानेले बताए । त्यही कारण चामे क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन भनिएको उनले जानकारी दिए ।

५ बर्ष अगाडि

प्रतिक्रिया