तीन दिन देशका ५ वटा प्रदेशमा अत्यधिक वर्षा हुने, कुन–कुन क्षेत्र जोखिममा ?

५ बर्ष अगाडि

नेपालका पाँच वटा प्रदेशका विभिन्न भागमा बुधवारबाट मनसुन थप सक्रिय भएको र शुक्रवारसम्म धेरै स्थानमा अत्यधिक वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

प्रदेश १, प्रदेश २, बाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा बुधवार दिउँसो र राति अत्यधिक वर्षाको सम्भावना रहेको विभागले जनाएको हो।

बिहीवार भने बुधवारको दाँजोमा यी प्रदेशका अलि बढी क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेको विभागकी मौसमविद् सजिना शाक्यले  बताइन्।

शुक्रवार दिउँसोदेखि कर्णाली प्रदेशमा अत्यधिक वर्षा कम हुने र रातिदेखि प्रदेश नम्बर २ मा पनि अत्यधिक वर्षाको सम्भावा टर्दै जाने विभागले जनाएको छ । 

महासंघका  अनुसार वाग्मती प्रदेशका सात वटै जिल्ला र कर्णाली र गण्डकी प्रदेशका पहाडी जिल्लाहरू बढी जोखिममा छन्।

जोखिममा रहेका जिल्लामा खास गरी गोरखा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, रसुवा, ताप्लेजुङ, स्याङ्जा, दैलेख, रुकुम, कालिकोट रुकुमलगायत छन्।

५ बर्ष अगाडि

प्रतिक्रिया