टोक्यो ओलिम्पिक २०२० मा नेपालबाट पाँच खेलाडीको सहभागिता सुनिश्चित भएको छ।
ती खेलाडीले कोरोनाभाइरस सङ्क्रमणका कारण निकै फरक परिस्थितिका माझ अर्को महिना हुन लागेको विश्वको सबैभन्दा ठूलो खेल मेलामा खेल्नेछन्।
जुडोकी सोनिया भट्टले वाइल्ड कार्डमार्फत् टोक्यो ओलिम्पिकको सहभागिता निश्चित गरेसँगै टोकियो ओलिम्पिक खेल्ने नेपाली खेलाडीको सङ्ख्या पाँच पुगेको छ।
वाइल्ड कार्डको व्यग्र प्रतीक्षामा रहेका १२ जना खेलाडीहरूमा यसअघि शुटिङकी कल्पना परियारले पनि उक्त कोटामा आफ्नो नाम लेखाउन सफल भएकी थिइन्।
एथलेटिक्सका गोपीचन्द्र पार्की तथा पौडीबाट गौरिका सिंह र एलेक्स शाहको नाम भने नियमित कोटाबाट छनोट भइसकेको छ।
कोरोनाभाइरस महामारीका कारण एक वर्ष ढिलो गरी सुरु हुन लागेको टोक्यो ओलिम्पिक यही जुलाई २३ देखि अगस्ट ८ सम्म हुँदैछ।बिबिसि
प्रतिक्रिया