बंगलादेशमा कडा लकडाउन, एक सातामा ५ लाख बढि मजदुरले छोडे ढाका

५ बर्ष अगाडि

काठमाडौं - बंगलादेशमा एक जुलाईबाट कडा लकडाउन हुँदैछ । यसैको असरबाट बच्नका लागि आप्रवासी कामदारहरु धमाधम ढाका छोड्दैछन् । 

उनीहरुले बाइक, अटो, रिक्सा, लोडिङ अटो र एम्बेलेन्ससम्मको साहारा लिइरहेका छन् । लकडाउनको समय बेरोजगार हुने भएकाले उनीहरु गाउँ फर्कन लागेका छन् ।

त्यसो त बंगलादेशमा २३ जुनदेखि नै सार्वजनिक यातायत बन्द छ । सरकारद्धारा सञ्चालित अन्तरदेशिया जल परिवहन निगमका एक अधिकारीका अनुसार आइतबार झन्डै ८० हजार मजदूर ढाकाबाट पलायन भएका छन् । त्यस्तै, एक सातामा ५ लाख भन्दा धेरै मजदुरले ढाका छोडिसकेका छन् । 

बंगलादेशमा डेल्टा भेरिएन्टमाक कारण कोरोना संक्रमण बढेको छ । सोमबार ८ हजार  ३ सय ६४ जनामा कोरोना देखियो । जो, १५ महिनायताकै उच्च हो । 

बंगलादेशमा ८ मार्च २०२० मा पहिलो संक्रमित भेटिएकाथिए । अहिलेसम्म कुल ८ लाख ९६ हजार ७ सय ७० जनामा संक्रमण देखिइसकेको छ । 

१४ हजार २ सय ७६ जनाले ज्यान गुमाइसकेका छन् । ८ लाख ०७ हजार ६ सय ७३ जनाको निको भइसकेका छन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया