युरोकप: युक्रेन र इङल्यान्डको सानदार जित, क्वाटरफाइनल शुक्रबारबाट (तालिका सहित)

४ बर्ष अगाडि

युक्रेनले युरो २०२० को क्वाटरफाइनल यात्रा तय गरेको छ । १० खेलाडीमा सिमित स्विडेनविरुद्ध अतिरिक्त समयको अन्त्यमा अर्टेम डोभयकले निर्णायक गोल गरे । 


स्विडेनविरुद्ध सनसनीपूर्ण जित निकाल्दै युक्रेनले युरो २०२० को क्वाटरफाइनल यात्रा तय गरेको छ । १० खेलाडीमा सिमित स्विडेनविरुद्ध अतिरिक्त समयको अन्त्यमा अर्टेम डोभयकले निर्णायक गोल गरे । 


अतिरिक्त समयको दोस्रो हाफअन्तर्गत ईन्जु्री समय अर्थात् खेलको १ सय २१ औं मिनेटमा उनले अलेक्सयान्द्रर जिन्चेन्कोको क्रसमा हेडरमार्फत निर्णायक गोल गरेका हुन् ।  


त्यसअघि खेलको २७ औं मिनेटमा जिन्चेन्कोकै गोलमा युक्रेनले अग्रता लिएको थियो । गोल गर्दै युक्रेनलाई अग्रता दिलाएका थिए । तर, ४३ मिनेटमा अलेस्यान्द्रर इसाकले स्विडेनबाट बराबरी गोल फर्काए । 


दोस्रो हाफमा दुबै टोलीले गोल गर्न नसक्दा खेल अतिरिक्त समयमा धकेलियो । अतिरिक्त समयको पहिलो हाफमा मार्कस् डेनिल्सन रातो कार्ड खाँदै बाहिरिएपछि १० खेलाडीमा सिमित स्विडेन केह दबाबमा प¥यो । 

दोस्रो हाफमा पनि कुनै टोलीले अग्रता लिन नसक्दा खेल पेनाल्टीतर्फ धकेलिएको संभावना बढेको थियो । तर, अन्त्यमा वैकल्पिक खेलाडी डोभयकले निर्णायक गोल गरे । 

युक्रेनले प्रतियोगिताको क्वाटरफाइनलमा अब इङल्यान्डको सामना गर्नेछ । जर्मनीलाई २–० ले हराउँदै इङल्यान्डले प्रतियोगिताको क्वाटरफाइनल यात्रा तय गरिसकेको छ ।


युरोकप फुटबलको अन्तिम १६ का खेलहरु सकिएका छन् । अब क्वाटरफाइनल खेलहरु शुक्रबारबाट सुरु हुनेछन् । कुन खेल कहाँ र कतिबेला सुरु हुँदैछन् त रु

क्वाटरफाइनल तालिका 

१८ असार, शुक्रबार नेपाली समयअनुसार बेलुकी ९ः४५ मा रुसको सेन्ट पिटर्सवर्गमा स्विचरल्यान्ड र स्पेनबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै, मध्यरात १२ः४५ मा इटली र बेल्जियमबीच जर्मनीको म्युनिख शहरमा प्रतिस्पर्धा हुनेछ । 

१९ असार, शनिबार नेपाली समयअनुसार बेलुकी ९ः४५ बजे अजरवैजानको बाकु शहरमा चेक गणतन्त्र र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ । 

मध्यरात १२ः४५ मा इटलीको रोम शहरमा इङल्यान्ड र युक्रेनबीच प्रतिस्पर्धा हुनेछ । 

सेमिफाइनलमा को–को भिड्नेछन्  ?

२२ असार मंगलबार नेपाली समयअनुसार मध्यराति १२ः४५ मा पहिलो सेमिफाइनल लण्डनको बिम्बली रंगशालामा हुनेछ । 

बेल्जियम र इटलीबीचको खेलको विजेताले यस खेलमा स्विडेन र स्विचरल्यान्ड र स्पेनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । 

२३ असार बुधबार, नेपाली समयअनुसार मध्यराती १२ः४५ मा दोस्रो सेमिफाइनल लण्डनको बिम्बलीमै हुनेछ ।

यस सेमिफाइनलमा चेक गणतन्त्र र डेनमार्कबीचको विजेताले इङल्यान्ड र युक्रेनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । 

फाइनल खेल कहिले र कहाँ ? 

सेमिफाइनलपछि तीन दिन आरामको समय दिइएको छ । २७  असार, आइतबार फाइनल खेल लण्डनको बिम्बलीमै हुनेछ । नेपाली समयअनुसार मध्यराति १२ः४५ मा हुने यस खेलले नै प्रतियोगिताको उपाधि विजेताको टुंगो लगाउनेछ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया