वर्तमान दुई तिहाईको सरकारले देशमा शान्ति, स्थायीत्व र विकास समृद्धि भन्दा देशलाई द्वन्द तर्फ धकेलयो: अध्यक्ष थापा

७ बर्ष अगाडि

राष्ट्रिय प्रजाततन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले वर्तमान दुई तिहाईको सरकारले देशमा शान्ति, स्थायीत्व र विकास समृद्धि भन्दा देशलाई द्वन्द तर्फ धकेलेको आरोप लगाएका छन् ।

बिहिबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले ईशाई धर्मप्रचार संस्थाको कार्यक्रममा सरकार आफै सहआयोजक बन्नु आपत्तिजनक विषय रहेको भन्दै यसले नयाँ अस्थिरताको खतरा बढेको बताए ।

जनकपुरमा मिडिया नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले २०६३÷०६३ को आन्दोलनमा धर्म निरपेक्षताको कुरा नउठ्दै जनतालाई अल्मल्याएर विदेशीको ईशारामा धर्म निरपेक्ष राष्ट्र घोषणा गरेको बताए । उनले जनआन्दोलनपछि १२ वर्षको बीचमा लाखौं व्यक्तिलाई विभिन्न प्रलोभनमा धर्म परिवर्तन गराईएको दाबी गर्दै यसरी दिनानुदिन धर्म परिवर्तन भए धार्मिक तथा सांस्कृतिक द्वन्दको खतरामा फस्ने टड्कारो रहेको बताए ।

उनले आगामी फाल्गनु ७ गते देखि हिन्दुराष्ट्र निर्माणका लागि जनसंघर्षको कार्यक्रम अघि सारेको बताउँदै अबको १ वर्षभित्र संगठन सुदृढिकरण अभियान, पार्टी ईकाईको पुर्नगठन, ५० हजार सदस्यता वितरण र हिन्दुराष्ट्र पुर्नजागरणको अभियान चलाईने जानकारी दिए । यसैगरी यही माघ महिनाबाट मेची महाकाली राष्ट्रिय स्वभिमान यात्रा गर्न लागेको समेत जानकारी दिए ।

पूर्व उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्री समेत रहेका थापाले आफुहरुले संविधानलाई आलोचनात्मक समर्थन गर्दै अघि बढ्ने र आफ्नो पार्टीको माग पुरा गर्न सडक र सदनबाट संघर्ष गर्ने कुरालाई जनताले स्विकार नगर्दा चुनावमा अपराजित हार स्विकार गर्दै अब विगतमा भएको गल्तिलाई सच्चयाएर अघि बढ्ने प्रतिबद्धता समेत जनाए । 

पार्टी एकीकरणको सवालमा अध्यक्ष थापाले पशुपति शमसेर जबराले नै बखेडा झिकेर पार्टी एकीकरण भन्दा पनि निहुँ खोजेर भागेको आरोप लगाए । उनले अब हामी आन्दोलन तर्फ अग्रसर भएकोले आन्दोलनकै दौरानमा पनि एकीकरण गर्न सक्ने स्पष्ट पारे ।

७ बर्ष अगाडि

प्रतिक्रिया