काठमाडौं - एक लाख बढी नगदसहित पाँच जना जुवाडे पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ बेलुवाका ३० वर्षीय समिर केसी, ४३ वर्षीय केशव बिक, तुलसीपुर ८ कटकुँईयाका ३३ वर्षीय ईश्वरीप्रशाद भुसाल, २७ वर्षीय दुर्गाप्रसाद डाँगी र ३७ वर्षीय सुमन चौधरी रहेको प्रहरीले जनाएको छ ।
इप्रका तुलसीपुर र जिल्ला प्रहरी कार्यालय घोराहीबाट गएका प्रहरीले जुवा खेलिरहेको सूचनाका अधारमा मंगलबार राति ११ बजेतिर उनीहरुलाई पक्राउ गएिको होे ।
पक्राउ परेकाहरुको साथबाट एक लाख ९ हजार चार सय ७० रुपैंयाँ नगद र जुवा खेल्न प्रयोग गरिएका ताससमेत बरामद भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया