एमालेको महाधिवेशन आयोजक कमिटी बैठक बस्दै

४ बर्ष अगाडि

काठमाडौं - पार्टी संरचना २०७५ जेठ २ कै अवस्थामा फर्काउने निर्णय गरेको नेकपा एमालेले आज बालुवाटारमा दशौं महाधिवेशन आयोजक कमिटीको बैठक बस्ने भएको छ।

मंगलबार बसेको स्थायी कमिटी बैठकले पुरानै संरचनाअनुसार पार्टी सञ्चालनको निर्णय गरेको थियो । तर एमालेले पूर्वनिर्धारित महाधिवेशन आयोजक कमिटी बैठकलाई निरन्तरता दिएको छ।

आजका लागि बोलाइएको महाधिवेशन आयोजक कमिटीको बैठक बस्ने प्रवक्ता प्रदीप ज्ञवालीले बताए । आज बिहान ११ बजेका लागि उक्त बैठक बोलाइएको छ ।

साथै एमालेले असार १८ गते केन्द्रीय कमिटी बैठक बोलाउने पनि बताएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया