राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र इजरायली राजदूत गोडर धान खेतमा

५ बर्ष अगाडि

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको जन्मगाउँ पर्वतको मोदी गाउँपालिका–७ राम्जामा आज उनिसहित धान रोपाईँ भएको छ । राष्ट्रियसभाको अध्यक्ष भएपछि दुई दशकपछि तिमिल्सिनाले मल्काको आफ्नै खेतमा पुगेर हलो जोत्नुभएको छ । असार १५ मा हिलोमा पस्नुपर्छ भन्ने नेपाली मान्यता छ । अध्यक्ष तिमिल्सिनाले हलो जोतिरहँदा इजरायली राजदूत हनान गोडर बाउसे बनेर साथ दिन पुगेका थिए । 

अध्यष तिमिल्सिनाले विसं २०५९ पछि आफ्नै जन्म गाउँमा पुगेर रोपाईँमा सहभागी हुँदा असाध्यै रोमाञ्चित भएको जनाउँदै भने “लामो समयपछि पनि रोपाईँका लागि हलो जोत्न, आली लगाउन बिर्सेको रैनछु भन्ने सुखद अनुभूति भएको छ ।”

कृषि उत्पादनलाई निर्वाहमुखी र परम्परागत रुपमा मात्रै सिमित गर्दा यसले आम्दानी र जीवनस्तरमा सुधार आउन नसकेकाले अब व्यवसायिक कृषि प्रवद्र्धन गर्नुपर्ने पर्नेमा उनले जोड दिए । उन्नत प्रविधि र नष्लको प्रयोग गरेर व्यवसायिक रुपमा खेती गर्दै आयतलाई प्रतिस्थापन गर्नु अहिलेको प्रमुख कार्यभार भएको उनले उल्लेख गरे। 

इजराल कृषिमा विश्वकै नमुना देश मानिन्छ । राजदूतले मोदी गाउँपालिकासँग कृषि उत्पादनका क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता जनाए । कोभिड १९ का कारण औपचारिक कार्यक्रम र भीडभाड हुने कार्यक्रम नगरिने भएकाले अध्यक्ष तिमिल्सिना जन्मगाउँ राम्जा पुगेर रोपाँईमा सहभागी भएका हुन । 

सो कार्यक्रम  स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गरिएको मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्रीले जानकारी दिए । सो अवसरमा पर्वतकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्री, मोदी गाउँपालिकाकी उपाध्यक्ष सेती महतलगायत सहभागी भएका थिए । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया