काठमाडौं - ‘सीआरएस नेपाल’ र शान्ति जन आदर्श सेवा केन्द्रको सहयोग साथै सरोकार वाला निकायको समन्वयमा काभ्रेको पनौती नगरपालिका, रोशी गाउँ पालिका र तेमाल पालिकाका वृद्धाअवस्था तथा एकल महिला अति जोखिम, विपन्न परिवारहरुको लागि निजी आवास निर्माण कार्य भइ रहेको छ ।
त्यस्तै ‘सीआरएस नेपाल’ र शान्ति जनआदर्श सेवा केन्द्रको साझेदारीमा सन्चालित प्च्च्ए परियोजनाले पनौती ९ खरीबोट स्थित ललित दमाई र राजकुमार दमाईको निजी आवास निर्माण सम्पन्न गरि हस्तान्तरण गरिसकेको छ ।
पनौती, रोशी र तेमालमा रहेका एकल महिला, अपांग, बृद्ध एवंम बुबाआमा बिहिन बालबालिका विपन्न परिवारहरुलाई संस्था मार्फत पुन निर्माण प्राधिकरणबाट लिएको रु ५० हजार सरकारलाई फिर्ता गरि संस्थाले ४२ घर नयाँ निर्माण गरेको छ भने २८५ सम्पन्न हुन नसकेका अधुरो घरहरुलाई थप सहयोग र प्रबली करणको काम गर्दै आएको छ ।
सो संस्थाले विभिन्न संघ संस्थाहरुसँग समन्वय गरि खानेपानी आयोजनाहरु समेत सन्चालन गर्दै आएको र काभ्रे लगायत विभिन्न जिल्लामा ५५ हजार भन्दा बढी जनतालाई स्वच्छ खानेपानी सेवा र सुविधा उपलब्ध गराएको छ ।
संस्थाका संस्थापक अध्यक्ष शङ्खा बुद्ध लामाका अनुसार जन आदर्श सेवा केन्द्रले सँचालन गरेको १० वटा खानेपानी मध्ये केही खानेपानी आयोजनाहरुको सम्झौता अन्तिम चरणमा पुगेको पनि बताएका छन् ।
प्रतिक्रिया