काठमाडौं, पुरुष टी–२० विश्वकप अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले विश्वकप युएई र ओमानमा हुने घोषणा गरेको छ।
कोरोनाका कारण भारतमा हुने भनिएको विश्वकप युएई र ओमानमा हुने भएको हो । आइसिसीले विश्वकपको मितिसमेत सार्वजनिक गरेको छ।
विश्वकप अक्टुबर १७ देखि सुरु हुनेछ। फाइनल म्याच १४ नोभेम्बरमा खेलाइनेछ।
टी–२० विश्वकपमा १६ देशले सहभागिता जनाउनेछन्। जसमा भारत, पाकिस्तान, अष्ट्रेलिया, इंग्ल्याण्ड, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, वेष्टइण्डिज, अफगानिस्तान, बंगलादेश, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड, नामिबिया, ओमान र पपुवा न्युगिनी छन्।
आठ टिमबीचको पहिलो राउण्डको खेल ओमान र युएईमा हुनेछ। जसबाट शीर्ष चार टोली सुपर १२ मा प्रवेश गर्नेछन्। पहिलो चरणमा बंगलादेश, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड, पपुवा न्युगिनी, ओमान र नाबियाले प्रतिस्पर्धा गर्नेछन्।
टी–२० विश्वकप पछिल्लो पटक सन् २०१६ मा भारतमा आयोजना गरिएको थियो। फाइनलमा वेष्टइण्डिजले इंग्ल्याण्डलाई हराउँदै दोस्रो पटक टी–२० विश्वकपको उपाधि जितेको थियो।
प्रतिक्रिया