पछिल्लो २४ घण्टामा  २६३६ जना संक्रमित थपिए, २० जनाको मृत्यु

४ बर्ष अगाडि

काठमाडौं,पछिल्लो २४ घण्टामा नेपालमा थप २६३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २० जनाको मृत्यु भएको छ । 

यस्तै पछिल्लो २४ घण्टामा थप ४ हजार ३४८ जना संक्रमणमुक्त भएका छन् । सो अवधिमा ११ हजार ७४८ जनाको परीक्षण भएकोमा पीसीआर विधिबाट ७ हजार २५९ र एन्टिजेन विधिबाट ४ हजार ४८९ जनाको परीक्षण भएको थियो । 

योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ६ लाख ३६ हजार ९१६(पीसीआर) र ३३ हजार ९४१ (एन्टिजेन) जना पुगेको छ भने निको हुनेको संख्या ५ लाख ९२ हजार ५३५ पुगेको छ । 

यस्तै मृतकको कुल संख्या ९ हजार ७१ पुगेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया