आज ९ जिल्लामा सार्वजनिक बिदा

५ बर्ष अगाडि

धान दिवसको अवसरमा आज कर्णाली प्रदेशमा सार्वजनिक विदा दिइएको छ । धान दिवसको अवसर पारेर कर्णाली प्रदेशका १० वटा जिल्ला मध्ये जुम्ला बाहेक अन्य नौ वटा जिल्लामा बिदा दिइने भएको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले धान दिवसको दिनमा कृषिलाई प्रवर्धन गर्न सार्वजनिक बिदा दिने निर्णय गरेको बताइएको छ  । 

मन्त्रिपरिषद्को निर्णय अनुसार धान दिवसको अवसरमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले जानकारी दिए  । जुम्लामा भने १२ चैतमा धान दिवसको बिदा दिने गरिएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया