राधी विद्युत् कम्पनी सेयरमूल्य नेप्सेमा समायोजन

५ बर्ष अगाडि

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलवार राधी विद्युत् कम्पनी लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।

नेप्सेले ३६ दशमलव ५ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य  ८२१ तोकेको छ ।

कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात सोमवार कायम अन्तिम शेयरमूल्य १ हजार १२० को आधारमा शेयरमूल्य समायोजन भएको हो ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ मंगलवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । 

कम्पनीले प्रस्तावित बोनस शेयर पारित गर्नका लागि असार २९ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा विहान ११ बजे सभा बोलाएको हो । कोभिडको जोखिमलाई ध्यानमा राखी कम्पनीले भर्चुअल माध्यमबाट सभा गर्ने तयारी कम्पनीको छ । 

सभाले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदनसहितको वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित लाभांश वितरण र हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गर्नेछ  ।

हाल कम्पनीको चुक्तापूँजी   ४७ करोड ३५ लाख ५६ हजार ५०० रहेको छ । सो पूँजीको आधारमा ३६ दशमलव ५० प्रतिशत बोनस शेयर पश्चात कम्पनीको चुक्तापूँजी  ६४ करोड ६४ लाख ४ हजार कायम हुनेछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया