काठमाडौं, योगदानमा आधारित सामाजिक सुरक्षा कोष सञ्चालनमा आएको २ वर्ष अवधिमा कोषले योगदानकर्ताबाट ६ अर्ब ३९ करोड रुपैयाँ योगदान रकम संकलन गरेको छ भने कोषले भुक्तानी गर्ने विभिन्न शीर्षकमा ११ करोड ६२ लाख रकम कोषबाट दाबी भुक्तानी भएको छ ।
हालसम्म कोषमा सूचीकृत १४ हजार ५८० रोजगारदाताका २ लाख ५१ हजार २९२ योगदानकर्ताबाट ६ अर्ब ३९ करोड ३५ लाख योगदान रकम संकलन भएको कोषले जनाएको छ ।
यस अवधिमा कोषले सञ्चालन गर्ने औषधी उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनामा २ हजार ४७ योगदानकर्तालाई ३ करोड ९१ लाख, दुर्घटना तथा असक्तता योजनामा ९१ योगदानकर्तालाई २६ लाख ९१ हजार, आश्रित परिवार सुरक्षा योजनामा ४१ आश्रित परिवारलाई ४८ लाख ३ हजार र बुद्भावस्था सुरक्षा योजनामा ८७४ योगदानकर्तालाई ६ करोड ९७ लाख गरी कुल ११ करोड ६२ लाख रकम कोषबाट दाबी भुक्तानी गरेको हो ।
दोस्रो संशोधन भएपछि मात्रै कोषमा १ हजार ३२८ रोजगारदाता, ६४ हजार ९५६ योगदानकर्ता र २ अर्ब २१ करोड १२ लाख भन्दा बढी रकम संकलन भएको छ ।
आव २०७६/७७ को वृद्धावस्था सुरक्षा योजना अन्तरगतको संकलित योगदान रकमको लगानीवाट प्राप्त प्रतिफल ३ करोड ८० लाख १५ हजार ६९८ रुपैयाँ वितरण योग्य रकमलाई कोषमा सम्वन्धित योगदानकर्ताको योगदान रकम दाखिला भएको आधारमा ८ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय भएको हुँदा सो रकम कोषले सम्बन्धित योगदानकर्ताको सामाजिक सुरक्षा कोषको खातामा यथासक्य चाँडो जम्मा गर्ने कोषले जनाएको छ ।
प्रतिक्रिया