८० किलो गाँजासहित दुईजना पक्राउ

५ बर्ष अगाडि

सर्लाहीको लालबन्दी नगरपालिका १५ तीनतले झल्ला चौडीबाट ८० किलो गाँजासहित दुईजना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका १२ का ३३ वर्षीय आइत सिंह स्याङतान र सोही ठाउँका ५४ वर्षीय मान बहादुर स्याङतान रहेका छन् । विशेष सुराकीको आधारमा  प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र प्रहरी चौकी परवानीपुरबाट खटिएको प्रहरी टोलीले उत्तरी चुरेक्षेत्रस्थित फूलजोर खोलाको किनारमा पर्ने झल्ला चौडीबाट प्याकिङ गरी बोराभित्र हालेर ल्याउँदै गरेको अवस्थामा गाँजा बरामद गरेको हो । 

दुवै जनालाई अहिले ईलाका प्रहरी कार्यालय लालबन्दीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको लालबन्दी प्रहरीका प्रमुख एवम् प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया