हाम्रो टिम नेपालका अभियन्ता विमल पन्तसहित १८ जना पक्राउ

५ बर्ष अगाडि

काठमाडौं, सोमबार निषेधाज्ञाको समयमा विपन्नलाई खाना खुवाउँदै आएको हाम्रो टिम नेपालका अभियन्ता विमल पन्तसहित १८ जना पक्राउ परेका छन् । 

अनामनगरमा हाम्रो टिम नेपालले प्रयोग गरेको टहरा खाली गराउने क्रममा अवरोध गरेकाले नियन्त्रणमा लिएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।

काठमाडौं महानगरपालिकाको जग्गामा बनेको टहरा लकडाउनअघिदेखि हाम्रो टिम नेपालले प्रयोग गर्दै आइरहेको थियो । त्यहाँ पार्क बनाउने भनी महानगरपालिकाले खाली गराउन खोजेको थियो । तर हाम्रो टिम नेपालका अभियन्ताले अवरोध गरेपछि नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।

प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई प्रहरी वृत्त सिंहदरबारमा राखेको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया