तेमालको गाउँसभाः बहुमतलाई पेल्ने रणनीति, के भन्छन् अध्यक्ष तामाङ ?

५ बर्ष अगाडि

काठमाडौं - काभ्रे जिल्लाको तेमाल गाउँपालिकाको नवौँ गाउँसभा पुनः स्थगित गरिएको छ । असार १० गते शुभारम्भ गरेको भनिएको गाउँसभा सो दिनमा कोरम नपुगेको भनेर स्थगित गरि आजको लागि तोकिएको थियो ।

तर, आज पनि स्थगित गरि १५ गतेलाई राखिएको छ । बहुमत कार्यपालिका सदस्य तथा गाउँसभा सदस्यहरूलाई पेलेरै अगाडी बढ्ने रणनीति बनाएका गाउँपालिका अध्यक्ष सलाम सिं तामाङले दोस्रो पटक पनि कोरम नपुगेको भन्दै गाउँसभा स्थगित गरेको जानकारी दिएका छन् ।

उनले भने, 'नीति तथा कार्यक्रम प्रस्तुत गर्ने १० गते थियो । तर उहाँहरु कोही पनि आउनु भएन । फेरी १३ गतेलाई राखियो । त्यो पनि भएन अब १५ गतेलाई राखिएको छ ।   यस पटक पक्कै पनि उहाँहरूको सहभागीमा नै नीति तथा कार्यक्रम पास हुने छ ।' 

साथै बहुमत सदस्यहरूले भने एक तर्फिरुपमा नीति तथा कार्यक्रम ल्याउन लागेको आरोप लगाएका छन् । तर विभिन्न विषयगत कुरा थप्नु पर्ने र अन्य समितिको राय सल्लाह पनि थप्नु पर्ने भएको बताएका छन् । यसै कुराको विरोध मात्र भएको पनि उलने जनाएका छन् । 

उनले थपे, 'उक्त कार्यपालिकाकोे बैठकमा अध्यक्षले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राखिने बैठकको  नाम राख्ने सन्दर्भमा नै विवाद भइरहेको होे । त्यसपछि कुनै काम भएको छैन ।' 
 

५ बर्ष अगाडि

प्रतिक्रिया