काठमाडौं, नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड (एनएचपीसी) ले तल्लो इन्द्रावती जलविद्धुत आयोजना निर्माणका लागि लाइसेन्स पाउने निश्चित भएको छ ।
आयोजना निर्माणमा चार कम्पनी इच्छुक देखिएका थिए । तल्लो इन्द्रावती आयोजना बनाउनका लागि नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड, वाइवा एन्ड लामा अनलि मल्टी जेभी, आरएम इन्भेष्टमेन्ट कम्पनी र लोअर इर्खुवा हाइड्रो पावर कम्पनी लिमिटेड इच्छुक देखिएका थिए । त्यसमध्ये जसले बढी रकमको कबोल गर्छ उसैलाई लाइसेन्स दिने गरिन्छ । जलविद्धुत विकास बिभागले आर्थिक प्रस्ताव खोल्दा एनएचपीसीले सबैभन्दा बढी रकम कबोल गरेकोले इन्द्रावतीको लाइसेन्स पाउने निश्चित भएको हो ।
बढी रकमको आर्थिक प्रस्ताव नेशनल हाइड्रोपावरको परेको विद्युत विकास विभागका महानिर्देशक नबिनराज सिंहले बताए । ‘लेटर अफ इन्टेन्ट चारवटै कम्पनीलाई दिइएको छ,’ उनले भने, ‘नेशनल हाइड्रोलाई लाइसेन्स दिँदा दावी विरोध भएमा ७ दिन भित्र पेश गर्न भनेका छौं । ७ दिन भित्र दावी विरोध आएन भने नेशनल हाइड्रोपावरले तल्लो इन्द्रवतीको लाइसेन्स पाउने छ ।’
तल्लो इन्द्रावती आयोजना नेसनलले पाएमा ६० करोड रुपैयाँ प्रोभजनिङ गरेको रकम खुला हुनेछ । अहिले एनएचपीसी ३०,३५ करोड नेगेटिभ रिर्जभमा छ । ६० करोड आउँदा त २५ करोड जति पोजेटिभ रिजर्भमा हुन्छ । त्यसले लगानीकर्तालाई नगद लाभांश दिन नसके पनि बोनस शेयर दिन बाटो खुल्ने छ ।
एनएचपीसीले १४ मेगावाटको लोअर इर्खुवा खोला पनि निर्माण गर्दैछ । इखुवा खोलामा माछापुच्छ्रे बैंकको अगुवाइमा १ अर्ब ६८ करोड ऋण दिन सहमति भइसकेको छ । उक्त आयोजना निर्माणका लागि २ अर्ब २० करोड लाग्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया