काठमाडौं उपत्यकामा निषेधाज्ञालाई खुकुलो पारिएको छ । तर, केही क्षेत्र भने अझै कहिले खुल्ने निश्चित छैन ।
सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर,क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल, सैलून, ब्यूटी पार्लर, हेल्थक्लब, फुटसल, जिमखाना, पुस्तकालय सञ्चालन गर्न नपाइने भएको छ ।
त्यसैगरी संग्रहालय, चिडियाखाना, रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसहरुको भीडभाड हुने अन्य कार्यक्रम संचालन गर्न समेत रोक लगाइएको छ । खुला स्थानमा मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस, जात्रा, गराउन समेत नपाउने जनाइएको छ ।
विबाह, व्रतबन्ध तथा सामूहिक रुपमा गरिने सांस्कृतिक कार्यहरु होटल तथा पार्टी प्यालेसमा गर्ने नपाउने व्यवस्था मिलाइएको छ भने पुजारीबाट हुने नित्य पूजा बाहेकका अन्य धार्मिक तथा सांस्कृतिक गतिबिधिहरु संचालन गर्न नपाउने काठमाडौं जिल्ला प्रशासनले जनाएको छ ।
शैक्षिक संस्थाहरु (विद्यालय, कलेज, टघूसन सेन्टर, तालिम केन्द्र)ले भौतिक उपस्थितिमा पठन पाठन तथा परीक्षाहरु संचालन गर्न गराउन नपाउने विज्ञप्तिमा भनिएको छ ।
अत्यावश्यक सामग्री बोक्रेका ढुवानीका सवारी साधन, विरामी तथा कुरूबा ९२ जना० बोकेका एम्बुलेन्स,स्वास्थ्यकर्मी, पशु स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन र अन्य जिल्लाबाट सवारीपास लिई आएका वाहेक अन्य सवारी साधन काठमाडौं जिल्ला भित्र प्रवेशमा रोक लगाउने समेत निर्णय भएको छ ।
अत्यावश्यक कार्य जस्तै मृत्यु संस्कार, बिरामी तथा कुरुवा लगायतका कार्यका लागि उपत्यका बाहिर जानसम्बन्धित स्थानीय तहको सिफारिस सहित जिल्ला प्रशासन कार्यालयमा निवेदन पेश गरेमा अन्तर जिल्लामाआवत जावत गर्न सहजीकरण गरिने बताइएको छ ।
प्रतिक्रिया