एनआईसी एशिया बैंकको एटिएम तोडफोड गर्ने २४ वर्षीय पुरुष पक्राउ

५ बर्ष अगाडि

काठमाडौं, नेपाल प्रहरीले मोरङको बुढीगंगा गाउँपालिका–३ टंकी चोकस्थित एनआईसी एशिया बैंकको एटिएम तोडफोड गर्दै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने सुनसरी दुहबि नगरपालिका–९ का २४ वर्षीय मोईम्तियाज रहेका छन् । प्रहरीले उनलाई आइतबार राति पक्राउ गरेको छ ।

एटिएम तोडफोड गर्दै गरेको अवस्थामा १ थान ताला फोडन प्रयोग भएको हतौडा, १ थान पेचकस, १ थान छिनो र को.३९ प ४८६४ नम्बरको मोटरसाइकल सहित सिआरभी पोष्ट बाँसबारीबाट खटिएको प्रहरीले ईम्तियाजलाई आइतबार राति पक्राउ गरेको हो ।

उक्त कार्यमा संलग्न सोही ठाउँ बस्ने २५ वर्षीय मो.अनिस हुसेन फरार रहेका छन् भने उनको खोजि भइरहेको प्रहरीले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया