काठमाडौं - उपत्यकामा मंगलबारदेखि जोर बिजोर प्रणालीमा सार्वजनिक सवारीहरू चल्ने भएका छन् । साथै किराना तथा खाद्यान्न पसलहरु दिनभर संचालन हुन पाउने भएका छन् ।
सोमबार बिहान बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले गरेको निर्णय अनुसार २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन जोर बिजोरका आधारमा चल्न पाउने भएका हुन् ।
बैठकले किराना तथा खाद्यान्न पसल बिहानदेखि साँझ ६ बजेसम्म खोल्न दिने निर्णय गरेको हो । यसअघि बार तोकिएका पसल व्यवसाय पनि प्रत्येक दिन ११ बजेदेखि ६ बजेसम्म खोल्न पाउने भएका छन् ।
सर्तसहित पसलहरु संचालन गर्न अनुमति दिने निर्णय भएको हो ।
प्रतिक्रिया