बंगलादेशमा विष्फोट, ७ को मृत्यु

५ बर्ष अगाडि

एजेन्सी - बंगलादेशको राजधानी ढाकामा विष्फोट हुँदा सात जनाको मृत्यु गएको छ भने ५० जना घाइते भएका छन् । आइतबार साँझ करिब ८ बजेतिर ढाकाको मोघबजार नजिकै विष्फोट भएको थियो । 

 घाइतेहरूमध्ये २९ जना ढाका मेडिकल कलेज हस्पिटल र दस जना शेख हसिना नेसनल बर्न एन्ढ प्लास्टिक इन्स्चिच्युटमा भर्ना गरिएको छ । बाँकी घाइतेलाई मोघबजार आसपासका अस्पतालमा लगिएको छ ।

 विष्फोटको कारण पत्ता लगाउन सकेको छैन । प्रहरीका अनुसार आतंककारी हमला अथवा बम विष्फोट भएको जस्तो कुनै संकेत देखिएको छैन । ग्यास विष्फोट भएजस्तो देखिएको प्रहरीले जानकारी दिएको छ । यद्यपि अनुसन्धान जारी छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया