भोलिदेखि सार्वजनिक यातायात सञ्चालन हुने

४ बर्ष अगाडि

काठमाडौं - कोरोना नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक हप्ता थपिएको छ । तर, अब सार्वजनिक यातायात खुल्ने भएको छ । 

सोमबार बिहान बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा एक साता थप्ने निर्णय गरेको छ । 

यससँगै भोलिदेखि सार्वजनिक यातायात सञ्चालन हुने भएको छ । कोभिड–१९ नियन्त्रणका लागि १६ वैशाखदेखि काठमाडौंमा निषेधाज्ञा जारी छ । पछिल्लो समय थपिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदै छ । 

भोलिदेखि सात दिन अर्थात् २१ असारसम्म निषेधाज्ञा थपिएको हो । अब झन् खुकुलो पारिने भएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया