काठमाडौं - नेकपा एमालेका नेता माधवकुमार नेपालले सिंगो कम्युनिष्ट आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गर्ने अभियानमा लाग्न आग्रह गरेका छन् ।
एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७०औँ जन्मजयन्तीको अवसरमा एक वक्तव्य जारी गर्दै नेता नेपालले एमालेसहित सिंगो कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनको एकताका लागि आह्वान गरेका हुन् ।
पछिल्लो समय कम्युनिस्ट पार्टीको नाम र नेतृत्वमा लोकतन्त्रका आधारभूत मान्यता नष्ट गर्ने तथा संविधानमाथि प्रहार भइरहेको उनको भनाइ छ ।
अधिनायकवाद तथा निरंकुशता विरुद्ध लामो संघर्ष गरेका मदन भण्डारीको नेतृत्व नै नेपालकोे कम्युनिस्ट आन्दोलनको विकासको आधार भएको उनले उल्लेख गरेका छन् ।
प्रतिक्रिया