काठमाडौै - सरकारले आन्तरिक हवाइ उडान असार १७ गतेदेखि खोलिन्दै छ ।
कोरोना भाइरस संक्रमण बढेपछि उडान रोकिएको थियो । अब कोरोना संक्रमित संख्या घट्दै गएकोले उडान खोल्न लागिएको हो ।
विमानस्थल टर्मिनलको क्षमता अनुसार भिड भाड नहुने गरी वायु सेवा कम्पनीले १० मिनेटको अन्तरालमा जहाज उडान गर्नुपर्नेछ ।
नियमित उडानको आधा संख्यामा एयरलाइन्सले जहाज उडाउन पाउनेछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलले जनाएअनुसार बुद्ध एयरलाई दिनमा ३१ उडान गर्न दिइने भएको छ।
यस्तै यति एयरलाइन्सलाई १५, श्री एयरलाइन्सलाई ७, सौर्यलाई ३ र एसटिओएलतर्फ उडान गर्नेलाई तीनरतीन उडान स्वीकृति दिइएको छ।
साथै सरकार र विमानस्थलबाट जारी गरिएको स्वास्थ्य सम्बन्धी मापदण्ड पूर्ण रूपमा यात्रुले पालना गर्नुपर्नेछ ।
प्रतिक्रिया