उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरु (सीडीओ)हरुको बैठक सकिएको छ ।
आज बसेको बैठकले मोडालिटी कस्तो बनाउने भन्ने विषयमा छलफल गरेपनि त्यसबारे थप भोलि निर्णय गरिने काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीले लोकपथलाई जानकारी दिए ।
उनले सार्वजनिक यातायात सञ्चालनको सन्दर्भमा प्रस्ताव आएपनि त्यसबारे आपसी छलफल गरेर मात्रै थप निर्णय गरिने बताए ।
आज बसेको ललितपुरको डीसीसीएमसीको बैठकले सार्वजनिक यातायात सञ्चालनको प्रस्ताव तीनै जिल्लाको बैठकमा लैजाने निर्णय गरेको थियो ।
प्रतिक्रिया