काठमाडौं, जीवन विकास लघुवित्तको आइपीओमा आइतबार साँझसम्म १५ लाख १२ हजार ९४१ वटा आवेदन परेको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आइतबार साँझ ५ बजेसम्ममा उल्लेखित संख्यामा शेयर आवेदन परेको हो । ५ बजेसम्म २ करोड ३० लाख ५४ हजार २६० कित्ता शेयर माग भएको क्यापिटलले जनाएको छ ।
निष्काशित शेयरको तुलनामा लघुवित्तको शेयरमा साढे १२ गूणा बढी आवेदन परेको हो ।
लघुवित्तले गत शुक्रबारदेखि प्रतिकित्ता १०० अंकित मूल्यको दरमा १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर निष्काशन गरिरहेको छ । जस मध्ये जारी पूँजीको ५ प्रतिशत अर्थात ३० हजार ४२० कित्ता शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ९८ हजार ८६५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी शेयर सर्वसाधारणमा निष्काशन भएको हो । जस अनुसार सर्वसाधारणका लागि १८ लाख ४८ हजार १५ कित्ता शेयर निष्काशन भएको हो ।
लघुवित्तको शेयर असार १५ गतेसम्म निष्काशन हुनेछ ।
प्रतिक्रिया