६० हजार घुस लिई भ्रष्टाचार गर्ने प्रहरी जवान विरुद्ध मुद्दा

५ बर्ष अगाडि

काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६० हजार घुस लिई भ्रष्टाचार गर्ने प्रहरी जवान विरुद्ध आज विशेष अदालत काठमाण्डौमा आरोप पत्र दायर गरेको छ ।

सुनसरी ईलाका प्रहरी कार्यालय, सितागञ्जमा कार्यरत प्रहरी जवान कासिन्दर यादवले ईलाका प्रहरी कार्यालय सितागञ्जमा परेको उजुरी मिलाई दिने भन्दै घुस मागेका थिए ।

उक्त सूचनाको आधारमा आयोगको कार्यालय, इटहरीबाट गएको टोलीले प्रहरी जवान यादवलाई घुस रकम सहित गत चैत्र २६ गते नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा प्रहरी जवान कासिन्दर यादवले हिरासतमा रहेको व्यक्तिलाई छुटाई दिन्छु भन्दै ६० हजार लिएको पुष्टि हुन आएपछि यादव विरुद्ध आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया