काठमाडौं - आगामी बुधबार बालुवाटारमा बस्ने नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठकले राष्ट्रिय प्रतिनिधि परिषद विस्तार गर्ने भएको छ ।
हाल ११९९ सदस्य रहेको परिषदमा पूर्वमाओवादीको बादल समूहले आफ्नो तर्फबाट ५६० जनाको नाम पठाएको छ । शनिबार बादलको नेतृत्वमा बसेको पूर्वमाओवादी समूहका नेताहरुको बैठकले राष्ट्रिय प्रतिनिधि परिषदमा पठाउने ५६० जनाको नाम टुंगो लगाएको हो ।
अब असार १६ गते बस्ने दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकले परिषदका सबै नामहरु टुंगो लगाउने एमालेका एक नेताले बताए ।
राष्ट्रिय प्रतिनिधि परिषद केन्द्रीय समितिको मातहतमा रहने संरचना हो । यो परिषदका सदस्यहरु काँग्रेसका महासमिति सदस्यजस्तै हुने ती नेताले बताए ।
आइतबार बालुवाटारमा बसेको केपी ओली पक्षको स्थायी कमिटीको बैठकमा राष्ट्रिय प्रतिनिधि परिषदमा पूर्वमाओवादीका नेताहरुको नाम थप्नेबारे छलफल भएको स्रोतले बतायो ।
अब असार १६ गते बस्ने आयोजक समितिको बैठकले परिषदमा ती नामहरु थप गर्ने एमाले का एक नेताले बताए ।
प्रतिक्रिया