नेपाल समुह ओलीले बोलाएको आयोजक कमिटीको बैठकमा नजाने

४ बर्ष अगाडि

काठमाडौं - एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी असार १६ गते बोलाएको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा खनाल नेपाल समुह नजाने भएको छ । 

पार्टी एकताको प्रयास भइरहेका बेला एकपक्षीय ढंगले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएर ओलीले एकताविरोधी काम गरेको भन्दै उक्त बैठकको औचित्य नभएको र ओली एकताको पक्षमा नरहेको पुष्टि भएको जनाएको छ ।

एमाले विवाद समाधानका लागि २०७५ जेठ २ मा पार्टीलाई फर्काउने विषयमा नेताहरुबीच अनौपचारिक छलफल भइरहेका बेला अध्यक्ष ओलीले आफु पक्षीय स्थायी समिति बैठक बोलाएर आगामी असार १६ गते दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका थिए ।

‘आयोजक कमिटीको वैधानिकतामाथि प्रश्न उठिरहेका बेला सोही कमिटीको बैठक बोलाउनु भनेको उहाँ एमाले एकता चाहानुहुन्न भन्ने थप प्रस्ट भयो’, असन्तुष्ट पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले भनिन्, ‘हामी त्यो बैठकमा जाने त कुरै हुदैन ।’

‘ओली अझैपनि एकलौटी र मनपरी गर्दैछन्, हामी त्यो बैठकमा जाँदैनौ’, शाक्यले भनिन्‘हामीले जेठ २ गतेको अवस्थामा पार्टी बैठक बोलाउनुपर्छ भनेर भनिरहेका छौ यदि त्यो हिसाबको बैठक बोलाइयो भने त्यसमा सोच्न सकिन्छ होइन यसैगरी हिँड्न खोज्ने हो भने त कसरी हुन्छ र ?’

उनले आयोजक कमिटीलाई सर्वोच्चले नै मान्यता नदिएको अवस्थामा त्यस्तो कमिटीको बैठक बोलाउनुको औचित्य समेत नरहेको बताइन् ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया