काठमाडौं। को व्यस्तता बढ्दो छ । बलिउड फिल्ममा पनि लगातार काम गरिरहेकी साउथ अभिनेत्री पूजा हेगडेले केही समय अगाडि अभिनेता प्रभाससँग फिल्म ‘राधे श्याम’ को छायांकन पूरा गरेकी थिइन् । अब उनी तमिल सुपरस्टार थलापति विजयसँग फिल्म ‘बिस्ट’ मा काम गर्दैछिन् । यो फिल्मका लागि उनले चार करोड पारिश्रमिक बुझेको भारतीय मिडियाले बताएका छन् ।
यसअघि उनले तीन करोड लिएर फिल्ममा काम गर्ने गरेकी थिइन् । साउथ इन्डस्ट्रीमा चार करोड पारिश्रमिक बुझ्ने अभिनेत्री थोरै मात्र छन् । अब पूजा पनि साउथकी महंगी अभिनेत्रीको सूचीमा अटेकी छन् । तर, उनले ‘बिस्ट’ का लागि लिएको परिश्रमिक थलापति विजयको पारिश्रमिकको अगाडि निकै कम हो । उनले एक फिल्मका लागि सय करोड पारिश्रमिक लिने गरेको बताइन्छ ।
पूजाले आफ्नो करिअरको सुरुवात तमिल फिल्म ‘मुगमोदो’ बाट गरेकी थिइन् । बलिउडमा भने ‘मोहेन्जोदारो’ उनको डेब्यू फिल्म थियो ।
प्रतिक्रिया