बंगलादेशमा डेल्टा भेरियन्टकोे नयाँ लहर फैलियो, सोमवारबाट कडा लकडाउन

५ बर्ष अगाडि

काठमाडौं - कोरोना भाइरसको संक्रमण रोक्न बंगलादेशमा सोमवारदेखि कडा लकडाउन गरिने भएको छ । 

संक्रमणको जोखिमलाई मध्यनजर गर्दै यसअघि नै रेल र बस सेवाहरु स्थगित गरिएको थियो । बंगलादेशमा सोमवारबाट एक हप्तासम्म आपतकालिन काममा बाहेक कोही पनि बाहिर निस्कन पाउने छैनन् । 

भारतमा देखिएको कोभिड १९ को डेल्टा भेरियन्टका कारण बंगलादेशमा संक्रमणको दर बढेको छ । करिब ६ हप्ताअघि बंगलादेशमा संक्रमणको नयाँ लहर देखिएको हो । 

मे १५ मा २६१ संक्रमित पहिचान हुँदा २२ जनाको मृत्यु भएको थियो। शुक्रवार बंगलादेशमा ५ हजार ८६९ संक्रमित पहिचान हुँदा १०८ जनाको मृत्यु भएको थियो । त्यसपछि संक्रमण थप फैलिनबाट रोक्न सरकारले कडा लकडाउन गर्ने निर्णय गरेको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया