एमाले एकता बारे के भन्छन् प्रदीप ज्ञवाली ?

४ बर्ष अगाडि

काठमाडौं - नेकपा (एमाले) को स्थायी समितिको बैठकमा पार्टीलाई एक राखेर मात्र लोकतन्त्र र संविधानको रक्षा गर्न सकिन्छ भन्ने निष्कर्ष निकालिएको छ । तर, कतिपय नेताहरूका व्यवहारहरू एकतासँग ठ्याम्मै मिल्ने खालका नरहेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले बताएका छन् ।

आइतवार बिहान बसेको पार्टी स्थायी समितिको बैठकपछि बोल्ने क्रममा पत्रकारहरूले माधवकुमार नेपाल एमालेमा कायम रहने सम्भावना टाढिँदै गएको देखिएको भन्ने जिज्ञासा राखेका थिए ।
जसलाई प्रवक्ता ज्ञवालीले नकारेनन्, तर आफूहरूले आशा नमारेको बताए ।

उनले भने, 'एमालेलाई थप कमजोर गर्ने, विभाजित गर्ने, वर्तमान सरकारलाई जसरी पनि विस्थापित गर्ने र प्रतिपक्षलाई काँधमा राखेर उनीहरूलाई श्रेष्ठ देखाउने गम्भीर विरोधाभासहरू भएका छन् ।'

४ बर्ष अगाडि

प्रतिक्रिया