असार १७ बाट टिकट मूल्य बढाएर आन्तरिक उडान सञ्चालन गर्ने

४ बर्ष अगाडि

काठमाडौं - निजी वायुसेवा सञ्‍चालक संघले टिकटको मूल्य बढाएर आन्तरिक उडान सञ्‍चालन गर्ने भएका छन् । 

हवाई इन्धनको मूल्य बढेकाले मूल्य समायोजन गरी साविकको भाडा भन्दा केही बढाइने निजी वायुसेवा सञ्‍चालक संघले जनाएको छ ।

मूल्य बढाएको सिलिङ तयार गरेर राख्‍ने र त्यसलाई निरन्तरता दिने वायुसेवा सञ्‍चालक संघले जनाएको छ । केही दिन अघि इन्धनको मूल्य बढाएकाले सरकारसमक्ष मूल्य समायोजन गरिदिन आग्रह गरिसकेको बताइएको छ । उनका अनुसार टिकट बुकिङ खुला भइसकेको छ ।

उडान भर्दा जहाजको पूरै सिट यात्रु राखेर उडान भरिने बताइकोे छ । एउटा गन्तव्यमा पूरा उडान नभएर ५० प्रतिशत उडान गर्न सकिने जनाइएको छ ।

यस अघि सरकारले कोभिड-१९ को दोस्रो लहर फैलिएपछि वैशाख २३ गतेदेखि आन्तरिक उडान बन्द गरेको थियो । जनस्वास्थ्यका मापदण्ड अपनाएर असार १७ गतेबाट आन्तरिक उडान सञ्चालन गर्न दिने सरकारले निर्णय गरेको छ ।

नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगम, बुद्ध एयर, श्रीएयरलायन्स, यति एयरलायन्स, सौर्य एयरलायन्स, सीता एयर, तार एयर र समिट एयरलाई उडान तालिका पेस गर्न पनि अनुरोध गरिसकेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया