१४ वर्षीया बालिकाको बलात्कारपछि फरार ६८ वर्षीय वृद्ध

५ बर्ष अगाडि

एजेन्सी - १४ वर्षीया बालिकाको बलात्कार गरी ६८ वर्षीय वृद्धले फरार भएका छन् । घरमा कोही नभएको मौका छोपी ती विृद्धले बालिकाको बलात्कार गरेका हुन् ।

भारतको राजस्थानमा आफ्नै छिमेकी १४ वर्षीया बालिकाको बलात्कार पछि वृद्ध फरार भएका छन् । पिहित बालिकाका अनुसार उनको बुबा काममा गएका थिए । आमा पनि किनमेललाई बजार गएकी थिइन् ।

घरमा उनी एक्लै थिइन् । पछाडीको ढोकाबाट वृद्ध घरमा आएका थिए । घरमा आएपछि उनले बलात्कार गरेको पिडित बालिकाले बताएकी छिन् ।

पिडित बालिकाले प्रहरीमा उजुरी दिए पछि प्रहरीले फरार वृद्धको खोजी शूरु गरेको छ । घटनाबारे थप अनुसन्धान गरिरहेको भारतीय प्रहरीले बताएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया