बालसुधार गृहबाट फरार रहेका चार बालक मध्ये एक जना पक्राउ

५ बर्ष अगाडि

विराटनगर - विराटनगरस्थित बालसुधार गृहबाट गएराति चार जना बालक फरार  भएका छन् । फरार भएका मध्ये एक जना आज बिहान पक्राउ परेका छन् ।

तीन तलामाथिबाट हाम फालेर फरार भएका मध्ये एक जनालाई प्रहरीले विराटनगरको दूध फारमबाट आज पक्राउ गरेको हो ।

बाल गृहका इन्चार्ज मिलन चौहानकबा अनुसार फरार मध्ये जवरजस्ती करणी मुद्दाका सोलुखुम्बु घर भएका बालक पक्राउ परेका हुन् ।

भागेका अन्य तीन जना अझैसम्म फरार रहेको र फेला पार्न नसकिएको  उनले जानकारी दिए । फरार हुने अरु २ जना जवरजस्ती करणी मुद्दाका कैद सजाय पाएका र एक जना हातहतियार तथा खरखजाना मुद्दामा पुर्पक्षका लागि रहेका बालक हुन् । 

उनीहरुको खोजी जारी राखिएको मोरङ प्रहरीका निमित्त प्रमुख डिएसपी मन्जिल मुकारुङले जानकारी दिए । सुरक्षा स्रोतका अनुसार शनिबार बिहान राति २ः५५ बजेतिर एकैपटक चार जना सुधार गृहको तीन तलामाथिबाट हामफालेर भागेको थिए । 

कमजोर भौतिक संरचनाको फाइदा उठाउँदै बालसुधार गृहबाट एक वर्ष अगाडी पनि दुई जना फरार भएका थिए । त्यसबेला फरार भएको पाँच दिनपछि झापादेखि पक्राउ परेका थिए ।

५ बर्ष अगाडि

प्रतिक्रिया