काठमाडौं - अपि पावर कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आज बैकिङ समयसम्म मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सकिनेछ ।
कम्पनीले जेठ २० गतेदेखि १ बराबर ०स्२९३८ को अनुपातमा प्रतिसेयर १०० रूपैयाँ अंकित दरमा ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।
उक्त हकप्रदमा कम्पनीको १०० कित्ता सेयर हुने लगानीकर्ताहरुले २९ कित्ता हकप्रदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने प्रयोजनका लागि बैशाख २९ गते एक दिनका लागि बुक क्लोज गरेको थियो ।
त्यसैले, बैशाख २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको उक्त हकप्रद सेयरमा निष्काशन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ ।
प्रतिक्रिया